०३ असार २०८३, बुधबार

अफगानिस्तानमा बम विष्फोट, ९ जनाको मृत्यु, ८४ घाईते

कात्तिक २०, २०७४
अफगानिस्तानमा बम विष्फोट, ९ जनाको मृत्यु, ८४ घाईते

काठमाडौं, १७ जेठ –अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार राजधानी काबुलमा रहेका दुतावासहरू तथा राष्ट्रपति भवननजिक भएको बम विष्फोटनमा परी कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै ८४ जना घाईते भएका छन् ।

बीबीसीका अनुसार केन्द्रीय जन्वाक स्क्वाएर नजिक ‘भेहिकल बम’ विष्फोट गराइएको हो । बम विष्फोटनले सयौं मिटर परसम्म क्षति पु-याएको र दर्जनौं सवारी साधनमा क्षति पुगेको बताइएको छ ।

विष्फोट क्षेत्रलाई हाल सुरक्षा दिएको बताइएको छ ।

जर्मन दूतावासनजिक कारबम विष्फोट गराइएको जनाइएको छ । विष्फोट क्षेत्र नजिक महत्वपूर्ण सरकारी तथा अन्तर्राष्ट्रिय संस्था र नियोगहरू रहेका छन् ।

कसलाई लक्षित गरेर विष्फोटन गराइएको भन्ने हालसम्म खुल्न सकेको छैन ।
तस्विर स्रोत : रोयटर्स

salt training

कमेन्ट गर्नुहोस्