
नेपालका हालका चल्तीका नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरको ऐतिहासिक सम्झौता भएको छ । मर्जर सम्झौता कार्यान्वयनमा आएसँगै हुने एकीकृत कारोबार पछि बैंक नेपालकै ठूलो बैंकको रुपमा उदाउने छ ।
नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिअनुसार बिहीबार दुई बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।
दुबै संस्था नेपालका वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् ।
बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने विश्वास लिइएको छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमशेर राणा रहने सहमति भएको छ ।
त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति सम्झौतापछि जारी गरिएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पू‘जी रु.१६.२६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पू‘जी रु. १०.६८ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.२६.९४ अर्ब पुग्नेछ ।
त्यसैगरी हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा तथा कोष रु. १४.१० अर्ब र हिमालयन बैंकको रु. ७.६७ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेन्ट बैंकको रु. १६०.९८ अर्ब र हिमालयन बैंकको रु. १२७.१४ अर्ब, र निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको रु. १६८.२९ अर्ब र हिमालयन बैंकको रु. १४३.७० अर्ब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुने बताइएको छ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षहरुले प्रतिक्रिया दिएका छन् ।
उनीहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पु¥याउने सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन् ।