×

NMB BANK
NIC ASIA

सकियो राष्ट्रपतिले दिएको समय, बन्न सकेन धारा ७६ (२) को सरकार

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समय सीमा सकिएको छ ।  संविधानको धारा ७६ को २ अनुसार सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समय दिएर सोमवार आह्वान गरेकी थिइन् । 
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको लागि प्रयास गरेपनि त्यो सार्थक बन्न नसकेको हो । धारा ७६ को उपधारा २ अनुसारको सरकार बन्न नसकेपछि अब धारा ७६ को उपधारा ३ अन्तरगत प्रतिनिधि सभाको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने बाटो खुलेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको महन्थ ठाकुर पक्ष ओलीको विकल्पमा अर्को सरकार बनाउन राजी नभएपछि वैकल्पिक सरकार गठनको सम्भावना टरेको हो । कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जसपाको महन्थ ठाकुर पक्षले सहयोग नगरेका कारण वैकल्पिक सरकार गठन गर्न नसकिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको थियो । माओवादी केन्द्रले देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन जनाएको थियो । 
आफ्नो नेतृत्वमा सरकार गठनका  लागि कांग्रेस सभापति देउवाले बिहीवार जसपा अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । उनीहरुसँगको भेटपछि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । 


Advertisment
Nabil box
Kumari

एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा गरेर बहुमत जुटाउने देउवा र प्रचण्डको योजना रहेपनि नेपाल पक्षले राजीनामा नगरेपछि वैकल्पिक सरकार गठनको संभावना टरेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए । कांग्रेस र माओवादीले संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया शुरु भएमा त्यो बेला पनि प्रयास गर्ने बताएका छन् । 

Vianet communication
Laxmi Bank

राति ९ बजेसम्म बहुमतीय सरकार गठन गर्न दलहरुले सहमति जुटाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने स्रोतले बतायो । 

संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र पुन विश्वासको मत लिनुपर्ने संवैधानिक व्यबस्था छ । विश्वासको मत लिन नसके फेरि धारा ७६ को उपधारा ५ अनुसार प्रतिनिधि सभाको कुनै सदस्यले बहुमत जुटाएर सरकार बनाउने प्रक्रिया शुरु हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x