×

NMB BANK
NIC ASIA

ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै, मन्त्रीहरुको पनि शपथ

बैशाख ३१, २०७८

NTC
Premier Steels

संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिद्वारा बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथका लागि शीतल निवासमा एक विशेष समारोहको आयोजना गरिएको छ । 

Muktinath Bank

संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ । 
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएपछि नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिले दिएको समयमा विपक्षी गठबन्धनले सरकार बनाउन प्रयास गरेपनि संख्या नपुगेपछि अन्ततः पछि हटेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

​२०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । तर, विश्वासको मत नपाएपछि उनी मदमुक्त बनेका थिए । 

Vianet communication

यसैबीच ओली बिहीबार नयाँ प्रक्रियाबाट प्रधानमन्त्रीमा नियुक्त भएसँगै यसअघिको मन्त्रिपरिषद्का सदस्यहरु पदमुक्त भएका छन् । 

आज शपथ लिएपछि ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने एमाले स्रोतले बतायो । यसअघिको मन्त्रिपरिषद्का सदस्य रहेका अधिकांश दोहोरिने स्रोतले बतायो । गृहमन्त्रीमा रामबहादुर थापा, अर्थमन्त्रीमा विष्णु पौडेल, परराष्ट्र मन्त्रालयमा सहित अधिकांश मन्त्रीले पुरानै जिम्मेवारी पाउने सम्भावना छ । केही नयाँ अनुहार पनि समेटिने सम्भावना छ । 

सांसद पद गुमेका पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी फेरि मन्त्री बन्ने छन् । संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिना भन्दा मन्त्री बन्न नपाउने संविधानमा व्यबस्था छ । 
ओलीलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जान चाहेमा उनीहरुलाई पनि सरकारमा सहभागि गराइने एमाले स्रोतले बतायो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x