०२ साउन २०८३, शनिबार

ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै, मन्त्रीहरुको पनि शपथ

बैशाख ३१, २०७८
ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै, मन्त्रीहरुको पनि शपथ

संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिद्वारा बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथका लागि शीतल निवासमा एक विशेष समारोहको आयोजना गरिएको छ । 

संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ । 
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएपछि नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिले दिएको समयमा विपक्षी गठबन्धनले सरकार बनाउन प्रयास गरेपनि संख्या नपुगेपछि अन्ततः पछि हटेका थिए । 

​२०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । तर, विश्वासको मत नपाएपछि उनी मदमुक्त बनेका थिए । 

यसैबीच ओली बिहीबार नयाँ प्रक्रियाबाट प्रधानमन्त्रीमा नियुक्त भएसँगै यसअघिको मन्त्रिपरिषद्का सदस्यहरु पदमुक्त भएका छन् । 

आज शपथ लिएपछि ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने एमाले स्रोतले बतायो । यसअघिको मन्त्रिपरिषद्का सदस्य रहेका अधिकांश दोहोरिने स्रोतले बतायो । गृहमन्त्रीमा रामबहादुर थापा, अर्थमन्त्रीमा विष्णु पौडेल, परराष्ट्र मन्त्रालयमा सहित अधिकांश मन्त्रीले पुरानै जिम्मेवारी पाउने सम्भावना छ । केही नयाँ अनुहार पनि समेटिने सम्भावना छ । 

सांसद पद गुमेका पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी फेरि मन्त्री बन्ने छन् । संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिना भन्दा मन्त्री बन्न नपाउने संविधानमा व्यबस्था छ । 
ओलीलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जान चाहेमा उनीहरुलाई पनि सरकारमा सहभागि गराइने एमाले स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्