२२ असार २०८३, सोमबार

शीतलनिवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउने तयारी

बैशाख ३१, २०७८
शीतलनिवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउने तयारी

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार दिउँसो २ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ गराउने तयारी छ । 

वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदमुक्त भएका ओली बिहीवार पुनः प्रधानमन्त्री नियुक्त भएका थिए । संविधानको धारा ७६ उपधारा ३ अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । 

शपथलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका एमाले स्रोतले जानकारी दियो । अधिकांश यसअघिको मन्त्रिपरिषद्कै अनुहार दोहोरिने र केही नयाँ अनुहारले अवसर पाउने सम्भावना रहेको स्रोतले बतायो । 

कोरोना संक्रमणको महामारीका कारण शपथ समारोहमा सीमित विशिष्ट व्यक्तिलाई मात्र आमन्त्रण गरिएको छ । शपथलगत्तै ओलीले शुक्रवार नै सिंहदरबार गएर पदभार सम्हाल्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्