१९ असार २०८३, शुक्रबार
प्रधानमन्त्रीको सम्बोधन

मन्त्रिपरिषद्लाई ओलीको सम्बोधन– आफूले सरकार बनाउन नसक्दा प्रतिगमन भनेर भ्रममा पार्न खोजियो !

बैशाख ३१, २०७८
मन्त्रिपरिषद्लाई ओलीको सम्बोधन– आफूले सरकार बनाउन नसक्दा प्रतिगमन भनेर भ्रममा पार्न खोजियो !
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार बनाउन नसकेपछि प्रतिगमन भयो भनेर जनतामा भ्रम पार्न खोजिएको आरोप लगाएका छन् । कोरोना नियन्त्रणका लागि सकारले गरेका कामलाई भ्रमपूर्ण ढंगले प्रचार गरिएको गुनासो पनि उनले गरे ।

प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता चाहनेहरूले प्रतिगमन देखेको आरोप लगाएका हुन् । 

‘स्थिरता नचाहाने तत्वले संविधान र कानूनबमोजिम चल्ने तत्वले देशमा प्रतिगमन भएको देख्छन्, आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन ... । यस्तो तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजेका छन् । मुलुकमा प्रतिगमन भएको छ भनेर लाग्छन्,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले अहिलेको विकराल अवस्थामा कोभिडविरुद्ध सबै मिलेर लड्नु पर्ने भन्दै भ्रम नफैलाउन प्रतिपक्षी दलहरूलाई आग्रह गरे ।

‘कोभिडविरुद्ध एकजुट भएर लड्नुपर्नेमा अन्यौल सिर्जना गर्ने, सरकारले गरेका उचित प्रयासलाई भ्रमपूर्ण ढंगले प्रचार गर्ने, जन्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने, जता पनि भ्रष्टाचार गर्‍यो भनेर काम गर्ने संस्थालाई पनि काम गर्न हतोत्साहित गर्ने काम भएको छ,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सामग्री या औषधिमा भ्रष्टाचार गरेको पाए हदैसम्मको कारवाही गर्ने बताए । 

‘यस्तो बेलामा कहीँ पनि भ्रष्टाचार गरेको पाए, स्वास्थ्य औषधी उपकरण उपलव्ध गराउने सम्बन्धमा बिरामी या कसैबाट लाभ लिन्छन् भने त्यो स्वीकार्य हुँदैन,’ ओलीले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्