०८ साउन २०८३, शुक्रबार

ओली–नेपाल पक्षको वार्ता सकियो

बैशाख ३१, २०७८
ओली–नेपाल पक्षको वार्ता सकियो

नेकपा एमालेको केपी ओली र माधव नेपाल पक्ष बीचको बैठक सकिएको छ।  सिंहदरबारमा सकिएको बैठक भर्खरै सकिएको छ । बैठक स्थलबाट नेताहरु बाहिरिने क्रम जारी रहेको छ । 

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप बैठक बसेको हो । 
छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो । 

पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल गर्ने दुइ नेताबीच सहमति भएको थियो । 

 


salt training

कमेन्ट गर्नुहोस्