०३ असार २०८३, बुधबार

सबै राजनीतिक दल एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान

जेठ १, २०७८
सबै राजनीतिक दल एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला सबै राजनीतिक दल एकजुट भएर नियन्त्रणमा लाग्न आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताएका छन् । सरकारलाई प्रतिगमनमा गएको देख्नेले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको उनले उल्लेख गरे ।

यतिबेला पनि केही अस्थिरता चाहनेले मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने र देशमा प्रतिगमन उल्लेख गर्ने गरेको पाइएको उनले जनाए ।

‘आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरूले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन्,’ उनले थपे । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्