×

NMB BANK
NIC ASIA

प्रदेशहरूको आर्थिक वृद्धि : गत वर्ष कर्णाली र सुदूरपश्चिम माइनस हुनबाट जोगिए

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 प्रायः आर्थिक तथा सामाजिक सूचकांकमा पछाडि रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि गत वर्ष आर्थिक वृद्धिदर सुखद रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सम्बन्धी’ तथ्यांकअनुसार यी दुई प्रदेशको आर्थिक वृद्धि माइनस हुनबाट जोगिएको छ ।

Muktinath Bank

गत वर्ष कर्णाली प्रदेशको आर्थिक वृद्धि ०.७ र सुदूरपश्चिमको आर्थिक वृद्धि ०.६ प्रतिशत (आधारभूत मूल्य) मा रहेको विभागको अनुमान छ । यसबाहेक समग्र मुलुक र अरू पाँच प्रदेशको आर्थिक वृद्धि गत वर्ष ऋणात्मक (माइनस) मा छ । गत वर्ष मुलुकको आर्थिक वृद्धि २.१२ प्रतिशतले माइनसमा गएको तथ्यांक विभागले सार्वजनिक गरिसकेको छ । प्रदेशगत तथ्यांकअनुसार गत वर्ष प्रदेश १ को आर्थिक वृद्धि १.२ ले ऋणात्मक, प्रदेश २ को १.६, वाग्मतीको ३.६, गण्डकीको १.७ र लुम्बिनीको १.८ प्रतिशतले ऋणात्मक भएको छ । बाँकी दुई प्रदेश भने ऋणात्मक हुनबाट जोगिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले १८ वटा आर्थिक क्षेत्रका क्रियाकलापका आँकडाका आधारमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सम्बन्धी वास्तविक, अनुमानित तथा प्रक्षेपित तथ्यांक सार्वजनिक गर्ने गरेको छ । गत वर्ष खानी तथा उत्खनन, उत्पादनमूलक क्षेत्र, निर्माण, खुद्रा तथा होलसेलको व्यापार, यातायात र भण्डारण, आवास तथा खाद्य सेवा (होटल तथा रेस्टुरेन्ट) को वार्षिक वृद्धिदर ऋणात्मक भएको थियो । होटल तथा रेस्टुरेन्ट क्षेत्रको आर्थिक वृद्धि त सबैभन्दा बढी करिब ३७ प्रतिशतले ऋणात्मक थियो । तर यी आर्थिक कारोबार हिस्सा कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम भएकाले माइनस हुनबाट जोगिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए । ‘जुनजुन क्षेत्र ऋणात्मक भएको त्यसको कारोबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निकै कम छ,’ भण्डारीले भने, ‘बढी असर गरेको क्षेत्रको कारोबार नै कम भएपछि ऋणात्मक हुनबाट जोगिएको हो ।’


Advertisment
Nabil box
Kumari

कुल गार्हस्थ्य उत्पादनमा बढी हिस्सा ओगट्ने कृषि क्षेत्रलाई गत वर्ष कोभिड–१९ ले खासै असर गरेन । २.२३ प्रतिशतले कृषि क्षेत्रको आर्थिक वृद्धिको अनुमान छ । ‘कर्णाली र सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादनमा पनि कृषिको हिस्सा धेरै छ,’ भण्डारीले भने । कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी अर्थात् ३३ प्रतिशत छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि सबैभन्दा बढी योगदान कृषिकै अर्थात् ३५.५ प्रतिशत छ । ‘कृषिकै योगदानले यी दुई प्रदेश ऋणात्मक हुनबाट जोगिएका हुन,’ भण्डारीले भने, ‘कृषिबाहेकको अन्य क्षेत्रमा निर्भर वाग्मती प्रदेशमा भने ठूलै खाडल परेको छ ।’ अर्थात् वाग्मती प्रदेशको आर्थिक वृद्धिदर गत वर्ष ३.६ प्रतिशतले ऋणात्मक रहेको अनुमान छ ।

Vianet communication
Laxmi Bank

कोभिड–१९ को थप असर नपरे चालु आर्थिक वर्षमा भने सबै प्रदेशको आर्थिक वृद्धिदर धनात्मक हुने विभागले जनाएको छ । प्रदेश १ को ३.६, प्रदेश २ को ३.५, वाग्मतीको ४.७, गण्डकीको ३.६, लुम्बिनीको ३.९, कर्णालीको ३.६ र सुदूरपश्चिमको ३.४ प्रतिशतले आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण छ । तर यो उपलब्धि हासिल हुन कोभिड–१९ को असर लम्बिनु हुँदैन ।

‘हालको निषेधाज्ञाको अवधि १५ दिनसम्म मात्रै रहने र त्यसपछि क्रमशः नियमित हुने विश्वास गरिएको छ,’ विभागले भनेको छ, ‘तथापि होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायातको क्षेत्रमा केही नकारात्मक असर पर्ने अनुमान छ ।’

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रमा सबैभन्दा बढी योगदान वाग्मती प्रदेशको छ । चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ हुने प्रक्षेपण छ । यसको करिब ३८ प्रतिशत अर्थात् १६ खर्ब ७ अर्ब ६५ करोड रुपैयाँ वाग्मती प्रदेशको योगदान रहनेछ । त्यसपछि १५ प्रतिशत अर्थात् ६ खर्ब ६३ अर्ब ६० करोड रुपैयाँ प्रदेश १ को योगदान छ । १४ प्रतिशत अर्थात् ५ खर्ब ९५ अर्ब ५७ करोड रुपैयाँ लुम्बिनी प्रदेशले मुलुकको अर्थतन्त्रमा हिस्सा ओगट्छ ।

प्रदेश नम्बर २ ले करिब १३ प्रतिशत अर्थात् ५ खर्ब ६१ अर्ब ६६ करोड रुपैयाँ हिस्सा ओगटेको छ । त्यसपछि गण्डकी प्रदेशले ९ प्रतिशत अर्थात् ३ खर्ब ७२ अर्ब १६ करोड रुपैयाँ मुलुकको अर्थतन्त्रमा हिस्सा ओगटेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशले ७ प्रतिशत अर्थात् २ खर्ब ९३ अर्ब ९१ करोड रुपैयाँ हिस्सा ओगटेको छ । सबैभन्दा कम योगदान कर्णाली प्रदेशको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत मात्रै अर्थात् १ खर्ब ७१ अर्ब ७५ करोड रुपैयाँ मात्रै योगदान गर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x