×

NMB BANK
NIC ASIA

जाजरकोटमा निषेधाज्ञा थपियो, मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए । जाजरकोटमा कोरोनाले दुइ जनाको मृत्यु भइसकेको छ । 

Muktinath Bank

जिल्ला अस्पतालमा  १०३ आइसोलेसन शय्या,  आइसियू कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिन्डर ५४, एचडीयू १, अक्सिजन सहितको शय्या ३३  र साधारण आइसोलेसन ३३ छ । थप अक्सिजन सिलिन्डर खरिद गर्न बुधवार बोलपत्र आह्वान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै छेडागाड नगरपालिकाले १५ शय्याको कोभिड आइसोलेसन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए । प्रत्येक पालिकाले १५ शय्याको आइसोलेसन बनाउने योजना बमोजिम काम भइरहेको छ । प्रत्येक पालिकाले अक्सिजन सिलिन्डर खरिद गरिरहेका  छन् ।


Advertisment
Nabil box
Kumari

भेरी नगरपालिकाले  सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स असारसम्मलाई भाडामा लिएको छ । स्वाव सङ्कलन, कन्टयाक्ट टे«सिङ, कोरोना अनुगमनको लागि नगरप्रमुख चढ्ने गाडी प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । नगरपालिकाले  एम्बुलेन्स र शववाहन खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । 

Vianet communication
Laxmi Bank

दुइ दिनको तलवभत्ता कोभिडमा

    यसै बीच भेरी नगरपालिकाले जनप्रतिनिधी, शिक्षक र मातहतका सबै कर्मचारीको दुई दिनको तलब सुविधा कटाएर विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ ।

 त्यसरी कटाईएको तलब रकम सात लाख भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महमारीमा खटिने स्वास्थ्यकर्मीको भने तलब सुविधा कटाएको छैन । बढ्दो जोखिम नियन्त्रण गर्न सङ्क्रमितका लागि अक्सिजन सिलिन्डर सहितको १४ शय्याको आइसोलेसन कक्ष, नौ वटा सिलिन्डरको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

गत वैशाख १३ यता नगरपालिकाले आठ सय ३८ जनाको परिक्षण गरेकोमा दुई सय ६१ जना पोजेटिभ भएकोमा ५६ जनाले कोरोना जितेर गएको जनस्वास्थ्य निरीक्षक निशा थापाले बताउनुभयो  ।

    महामारी र सङ्क्रमितको अवस्थालाई ध्यानमा राखी आवश्यक औषधि तथा सुरक्षाका सामग्री स्यानिटाइजर, मास्क, व्यक्तिगत सुरक्षा सामग्री लगायतका सामग्री नगरपालिका मातहतका पाँच स्वास्थ्य चौकी र सात आधारभुत वडा स्वास्थ्य सेवा केन्द्रमा वितरण गरिएको नगरस्वास्थ्य शाखाका दिपक ओलीले जानकारी दिए ।

परिक्षण गर्ने किटको अभावमा दायरा बढाउन समस्या भएपनि पहल भैरहेको उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x