०५ साउन २०८३, मंगलबार

सरकारी अस्पतालले नै निकाल्यो कोरोनाका बिरामी भर्ना नगर्ने सूचना !

सरकारी अस्पतालले नै निकाल्यो कोरोनाका बिरामी भर्ना नगर्ने सूचना !
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणको महामारीले बिरामीको चाप बढिरहेका बेला सरकारी अस्पतालले नै बिरामी भर्ना गर्न नसक्ने सूचना निकालेको छ ।

कर्णाली प्रदेशको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले शुक्रवार सूचना प्रकाशित गर्दै अक्सिजनको आपूर्ति हुन नसकेकाले बिरामी भर्ना गर्न नसकिने जनाएको छ ।

प्रदेश अस्पताल कर्णाली प्रदेशको ठूलो सरकारी अस्पताल हो । अस्पतालको सूचनामा लेखिएको छ, ‘नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेको कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ । सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति यस अस्पताल क्षमाप्रार्थी छ ।’

salt training

कमेन्ट गर्नुहोस्