२२ असार २०८३, सोमबार

जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै, महन्थ पक्षलाई छैन जानकारी

जेठ १, २०७८
जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै, महन्थ पक्षलाई छैन जानकारी

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिवार दिउँसो १ बजे बोलाइएको छ ।

राजधानीमा उपलब्ध कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको कार्यकारिणी समिति सदस्य रामसहाय यादवले जानकारी दिए ।

‘बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल र समीक्षा गरिनेछ,’ उनले भने, ‘उपलब्ध कार्यकारिणी समितिका सदस्यलाई बोलाइएको छ ।’

अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका सदस्यलाई बैठकबारे जानकारी दिइएको छैन । ठाकुर पक्षीय कार्यकारिणी समिति सदस्य केशव झाले कार्यकारिणी बैठकको कुनै सूचना नआएको लोकान्तरलाई जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषय र नयाँ सरकार गठनका विषयमा विभाजित बनेको जसपामा अध्यक्ष ठाकुर र यादव पक्ष छुट्टाछुट्टै अभ्यास गरिरहेका छन् । यसअघि लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका ४ जना प्रदेश सांसदलाई अध्यक्ष यादव पक्षले एकलौटी कारवाही गरेको आरोप लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्