
चितवन, १७ जेठ– नेकपा एमाले चितवनले मतपत्र च्यातिएपछि मतदान गर्न खोजेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी चितवनले एक विज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिकाको मतगणना तीन दिन वितिसक्दा पनि सूचारु नगरिएको र सत्ताको आडमा पुन मतदान गराउने षडन्त्र भएको भन्दै विरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले जनताको धैर्यताको बाँध टुट्न नदिन तत्काल मतगणना कार्यलाई सुचारु गराउने उद्देश्यले नेपाल सरकारक, निर्वाचन आयोगलाई दबाब दिन भोली जेठ १८ गते चितवन बन्दको आह्वान गर्न बाध्य भएको छौ ।’
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा तिर पुग्नै लाग्नदा जेठ १४ गते माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाएको छ ।