×

NMB BANK
NIC ASIA

कोरोना संकट

कोरोनाले निम्त्याएको बज्रपात : एक साताको बीचमा बुवा, दुई छोरा र एक छोरीले गुमाए ज्यान

जेठ २, २०७८

NTC
संक्रमणबाट ज्यान गुमाउनेहरूको गाउँ
Premier Steels

कोरोना संक्रमणले बाग्लुङको एक परिवारलाई ठूलो बज्रपात परेको छ । 

Muktinath Bank

बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ (साविक ग्वालीचौर गाविस) को रेस्मी परिवारका ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जलजला गाउँको रेस्मी परिवारमा एक हप्ताको फरकमा बाबु, दुई छोरा र एक छोरी गरी ४ जनाको मृत्यु भएको छ ।


Advertisment
Nabil box
Kumari

त्यहाँ कोरोना संक्रमण विवाहपछिको ढोगभेटबाट फैलिएको बताइएको छ । 

Vianet communication

संक्रमणबाट आफ्ना बुवा, दुइ दाजुभाइ र एउटी दिदीको निधन भएको परिवारका साइँला छोरा थमन रेस्मीले लोकान्तरलाई जानकारी दिए । 

यस्तो छ संक्रमणको कहानी 

जलजलाका थमन रेस्मीका छोरा अमितको विवाहपछि वैशाख ११ गते ढोगभेट थियो । बजारमा कोरोना संक्रमणको त्रास बढे पनि गाउँमा कोरोनाको डर अझै पुगिसकेको थिएन ।

विवाहमा आफन्त दाजुभाइ, नातागोता जम्मा भएका थिए । विवाहमा न भौतिक दूरी, न अन्य सावधानी कुनै कुनै कुराको ख्याल गरिएन ।

धुमधामसँग ढोगभेट सकिन नपाउँदै अमितका काका रुपचन्द्रलाई ज्वरो आयो । रुपचन्द्रले रुपन्देहीको सुनौली बुटवल हुँदै जलजलासम्म गाडी चलाउँथे । रुपचन्द्रसँगै विवाह जम्मा भएका एकपछि अर्को व्यक्तिलाई रुघाखोकी र ज्वरो आउन थाल्यो ।

४२ वर्षका रुपचन्द्रलाई ज्वरो, स्वास्वप्रश्वासमा समस्या आएपछि वैशाख १७ गते एम्बुलेन्समा ५ घण्टा लगाएर बाग्लुङको धौलागिरी अञ्चल अस्पतालमा ल्याएर भर्ना गरियो । 

सिकिस्त रुपचन्द्रलाई त्यहीँ पीसीआर जाँच गर्दा उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । त्यसको भोलि १८ गते रुपचन्द्रका बुवा ८७ वर्षिया बलिभद्रलाई पनि गम्भीर समस्या देखिएपछि बाग्लुङ बजार ल्याइयो ।

बलिभद्रलाई रुपचन्द्रले आफ्नै गाडीमा राखेर विवाह हुनुभन्दा केही दिनअगाडि भैरहवाबाट घर ल्याएका थिए । बलिभद्रलाई पनि कोभिड देखियो । उपचारकै क्रममा बलिभद्रको २४ गते बाग्लुङमा मृत्यु भयो । 

संक्रमण परिवारमा फैलिएसँगै रुपचन्द्रका दाजु केयरसिंह रेस्मीलाई हेलिकप्टरबाट पोखरा ल्याइयो ।

रुपन्देहीको भैरहवामा बसाइँसराई गरेका केयरसिंह दाजुको छोराको ढोगभेटका लागि भनेर गाउँ गएका थिए ।

केयरसिंहलाई उपचारका लागि भैरहवास्थित युनिर्भसल, कलेज अफ मेडिकल साइन्समा हेलिकप्टरबाट ल्याउने तयारी गरिए पनि यहाँ बेड खाली नभएपछि पोखरातर्फ लगिएको थियो ।

केयरसिंहको वैशाख ३१ गते मणिपाल अस्पताल पोखरामा मृत्यु भएको हो ।

विवाहमै सहभागी रुपचन्द्रकी दिदी ५४ वर्षिया धनमाया रास्कोटीको पनि शनिवार (जेठ १ गते) बाग्लुङमै उपचारका क्रममा मृत्यु भएको थमनले बताए । 
‘रुपचन्द्रको गाडीबाटै संक्रमण फैलियो’

संक्रमणबाट एकै परिवारका ४ जनाको मृत्यु भएपछि अहिले जलजला शोकमा डुबेको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले विवाह भोजबाट संक्रमण फैलिएको भन्दा पनि रुपचन्द्रमार्फत संक्रमण फैलिएको हुन सक्ने आशंका गरे ।

‘रुपचन्द्रले आफ्नै गाडी रुपन्देहीको सुनौलीबाट बाग्लुङको जलजला रुटमा चलाउँथे,’ पाइजाले लोकान्तरसँग भने, ‘उनको आफ्नो पसल पनि छ । शुरू मा बजार जाने आउने रुपचन्द्रले नै गाउँमा संक्रमण ल्याएको हुन सक्छन् । तर, उनी पनि विवाहमा सहभागी भए त्यही कारण विवाह र भोजभतेरबाट संक्रमण फैलियो भनियो ।’

भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि घर फर्किने नेपालीहरूलाई उनले गाउँसम्म ल्याउने गरेको पाइजाको भनाइ छ । 

‘विवाहमा सहभागी ४७ जनामा संक्रमण’

विवाहमा सहभागी भएका र लक्षण देखिएकाहरूको पीसीआर गर्दा ४७ जनामा कोभिड देखिएको वडा नम्बर ४ का अध्यक्ष प्रेम गलामीले जानकारी दिए ।

उनले भने, ‘परिवारका १७ जनाको र विवाहमा सहभागी सबै गरी ४७ जनामा संक्रमण देखियो । यस घटनाले गाउँमा शोकसँगै त्रास बढेको छ ।’ 

गाहाले अहिले गाउँलाई सिल गरी संक्रमण रोकथामको पहल गाउँपालिकाले थालेको जानकारी दिए । 

वडा नम्बर ५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेलले एउटै परिवारका चार जनाको निधनपछि अहिले संक्रमण गाउँभरी संक्रमण फैलिएको आशंका गरिएको बताए । 

अहिले गाउँमा धेरै रुघाखोकी र ज्वरोका बिरामी धेरै भएको उनले बताए । 

संक्रमणपछि गाउँमा बनाइयो १० बेडको आइसोलेसन 

गाउँमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले १० बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । संक्रमितको उपचारको लागि १० बेडको आइसोलेसन सेन्टर बनाइएको पाइजाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x