०५ साउन २०८३, मंगलबार

बाबुरामले भने : मदन र आश्रितको रहस्यमस मृत्युको उच्चस्तरीय निष्पक्ष छानबिन गरेर निश्कर्ष निकालौं

बाबुरामले भने : मदन र आश्रितको रहस्यमस मृत्युको उच्चस्तरीय निष्पक्ष छानबिन गरेर निश्कर्ष निकालौं

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले  तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्युको उच्चस्तरीय निष्पक्ष छानबिन गरेर निश्कर्ष निकाल्न आग्रह गरेका छन् । 

मंगलवार एक ट्वीट गर्दै डा. भट्टराईले मदन पत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रधानमन्त्री भएको समयमा यसको छानबिन गर्नुपर्ने बताए । 

उनले भनेका छन्, मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौं ।

भण्डारी र आश्रितको जीप दुर्घटनामा परी २०५० साल जेठ  गते निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्