१४ असार २०८३, आइतबार

को हुन् हमासका नेता याह्या जसको घर इजरायलले पार्‍यो ध्वस्त ?

जेठ ३, २०७८
को हुन् हमासका नेता याह्या जसको घर इजरायलले पार्‍यो ध्वस्त ?

इजरायली सेनाले आइतवार प्यालेस्टाइनको गाजा स्ट्रिपमा क्षेप्यास्त्र प्रहार गरेर हमास नामक संगठनको राजनीतिक शाखा प्रमुख याह्या सिनवारको घर उडाइदियो । 

अतिवादी संगठन हमासको सबभन्दा ठूला नेता मानिन्छन् याह्या सिनवार। 

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल हिदाई जिल्बरम्यानले सिनवार र हमासका अन्य नेताहरू उत्त, घरमा बसेको हुन सक्ने बताए । 
 

याह्या सिनवारमाथि इजरायली सैनिकहरूको अपहरण र हत्याका अनेकौं गम्भीर आरोप छन् । 

उक्त आक्रमणमा याह्या मारिए कि जिउँदै छन् भन्ने पुष्टि भइसकेको छैन । सन् २०१५ मा याह्यालाई अमेरिकाले आतंकवादी घोषित गरेको थियो । याह्याले सन् २०१७ को फेब्रुअरी महिनादेखि राजनीतिक शाखाको प्रमुखको जिम्मेवारी लिएका थिए । उनी हमासका सहसंस्थापकमध्ये एक हुन् र इजरायलले लामो समयदेखि उनलाई खोजिरहेको थियो । 
 

सिनवारले सन् १९८८ मा इजरायलका दुई सैनिकलाई अपहरणपछि हत्या गरेको आरोप छ । उनलाई इजरायलले पक्राउ गरेर कारावास सजाय दिएको थियो । लगभग २२ वर्षसम्म जेलमा बसेपछि सन् २०११ मा कैदी आदानप्रदानमा उनलाई रिहा गरियो । 
 

हमासले इजरायली सैनिक गिलाड शलितको अपहरण गरेर सिनवारलाई रिहा गराउने शर्त राखेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्