
चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाका ३ र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका १ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा २ संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका–५ का ६० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।