०२ असार २०८३, मंगलबार

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण

जेठ ३, २०७८
प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण
प्रतिकात्मक तस्वीर

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा लमजुङको क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ ।

गाउँपालिकाले सोमवार वडा नम्बर ३ घलेगाउँ, वडा नम्बर ४ भुजुङ र वडा नम्बर ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो । 

गाउँपालिकाका अनुसार घलेगाउँमा ५, भुजुङ र सिंदीमा १८/१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो ।

पर्यटकीय गाउँ र रातिको समयमा विभिन्न गाउँमा आउने पर्यटकदेखि स्थानीयलाई असहज भएकाले सहजताको लागि सोलार बत्ती वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

उनले भने, ‘पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ र सिंदीलाई सोलार वत्ती वितरण गर्ने निर्णय गरिएको हो ।’ 

सोलार बत्ती जडान भएपछि बत्ती गएको सयमामा पनि पाहुनाको स्वागत सत्कारसँगै सार्वजनिक कार्यहरू सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । राति हुने विभिन्न घटनामा सोलार बत्तीले स्थानीयलाई धेरै सहज पुग्ने बताइएको छ ।

ती सोलारहरू ती गाउँका मुख्य बाटो, सार्वजनिक स्थल पार्टी पौवामा सोलार बत्ती जडान गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्