×

NMB BANK
NIC ASIA

लकडाउन डायरी – भाग १

चन्द्र ढकालको लकडाउन डायरी– परिवारसँग हाँसखेल, अनलाइन मीटिङ र व्यावसायिक पुस्तकमा बित्छ दिन

जेठ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो लहरका कारण मुलुकका अधिकांश जिल्ला अहिले निषेधाज्ञामा छन् ।

Muktinath Bank

काठमाडौं उपत्यकासहित मुलुकका ठूला शहरहरूमा वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा अहिले १८ औं दिनमा चलिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य नागरिकदेखि, उद्योगी व्यवसायी, राजनीतिकर्मी लगायत अधिकांश घरभित्र नै थुनिएका छन् । सडकमा अत्यावश्यक कामका लागि निस्किने व्यक्तिहरू तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र सञ्चारकर्मीहरूको मात्र उपस्थिति देख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

आफ्नो पेशा व्यवसायका कारण परिवारलाई समय दिन नभ्याउनेहरूले अहिले परिवारलाई समय दिन पाइरहेका छन् । दैनिकी बिलकुल फेरिएको छ ।

Vianet communication
Laxmi Bank

यसै सन्दर्भमा लोकान्तर डट्कमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको निषेधाज्ञा (लकडाउन) डायरी यहाँहरू माझ प्रस्तुत गर्न शुरू गरेको छ ।

त्यसैको पहिलो अंकका लागि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं प्रतिष्ठित उद्यमी चन्द्र ढकालसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, प्रतिष्ठित उद्यमी चन्द्र ढकालको डायरी उनकै शब्दमा :

कोरोना महामारीको दोस्रो लहरसँगै यतिखेर मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । यो अझै कति समयसम्म थपिन्छ भन्ने निश्चित छैन । 

यतिखेर अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द रहेका छन् । सधैं व्यस्त हुनेहरू यतिखेर घरभित्रै थुनिएर बस्नु परेको छ । के व्यवसायी, के उद्योगी, सबै नागरिक यतिखेर घरभित्रै छौं । 

अरू जस्तै अहिले म पनि निषेधाज्ञाको यो समयमा घरमा नै बसिरहेको छु । सरकारले पनि यस समयमा सकेसम्म घरभित्रै बस्न भनेको छ । सबैभन्दा ठूलो स्वास्थ्य भएपछि घरभित्र सुरक्षित बस्नुको विकल्प अहिले रहेनछ ।

निषेधाज्ञाको यस समयले धेरै क्षेत्रमा घाटा त छँदैछ, त्यसका बावजुद पनि घर परिवारसँग बस्ने, रमाउने वातावरण पनि बनेको छ ।

यस समयमा म आफ्नो समयलाई भरपूर प्रयोग गरिरहेको छु । 

दैनिकजसो बिहान साँझ घरमै एक्सरसाइजहरू गरिरहेको छु । अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीलाई परास्त गर्न पनि नियमित शारीरिक अभ्यास आवश्यक पर्ने बताइएको छ, त्यसकारण पनि म नियमित एक्सरसाइजहरू गर्ने गर्दछु । 

यस समयमा विभिन्न व्यक्तिहरूका जीवनी तथा अन्य विभिन्न पुस्तकहरू पढेर समय बिताउँदैछु । यस्तै खाले पुस्तकमा रुचि छ भन्ने त छैन तर व्यवसायसँग सम्बन्धित पुस्तकहरू पढेर, समाचारहरू पढेर समय बिताइरहेको छु । 

नेपालमा गत वर्षदेखि महामारीको रूपमा शुरू भएको कोरोना महामारीमा म पनि संक्रमित बन्न पुगें । अनेक सावधानी अपनाउँदाअपनाउँदै पनि म संक्रमित भएँ । आईसीयूमै उपचारपश्चात निको भएर फर्किएको थिएँ । त्यो समय निकै पेनफूल थियो ।

त्यस समयदेखि मैले परिवारलाई समय दिइरहेको छु । बीचमा संक्रमण कम हुँदै जाँदा बाहिर हिँडियो तर अहिले निषेधाज्ञामा म घरमै छु, हाँसखेल, कुराकानी यही नै हो । 

अरू बेलामा निकै व्यस्त भएर पनि घरपरिवारलाई समय दिन सकिँदैन थियो, तर अहिले यो अवधि त सबैभन्दा धेरै घरमा बसेको हो जस्तो लाग्छ । निषेधाज्ञा परिवारसँग समय बिताउने बहाना पनि बनेको छ ।

कतिपय अवस्थामा उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष भएकाले विभिन्न मिटिङहरूमा अनलाइन प्रविधिमार्फत सहभागिता जनाइरहेको हुन्छु ।

आफ्नै अफिसका कर्मचारीहरूसँग पनि जूम प्रविधिबाट छलफल गरिरहेको हुन्छु । निषेधाज्ञा अवधिमा कार्यालय गएको छैन ।

यसो हुँदा सबै कर्मचारीहरूसँग घरबाटै कुरा गर्नुपर्ने हुँदो रहेछ । 

निषेधाज्ञाको समयमा म पूर्ण रूपमा फ्री भएर बसेको छैन । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणमा सहजीकरणका लागि महासंघले हटलाइनको व्यवस्था गरेको छ ।

यसबाट उपाध्यक्ष र सदस्यहरू सहितको टीम बनाएर विभिन्न किसिमका कामहरू, जस्तै एम्बुलेन्स, अक्सिजन तथा अस्पतालहरूसँग सहजीकरण गर्ने, बिरामीहरूलाई सहयोग गर्ने जस्ता कामहरू गरिरहेका छौं ।

यसका लागि कोअर्डिनेट मैले गरेको छु । त्यसकारण बिहानदेखि रातिसम्म नै यसका लागि मैले काम गरिरहेको हुन्छु । 

अहिले निकै पेनफूल अवस्था हो । यस अवस्थामा मुलुकमा पूर्वाधारको हिसाबमा पनि स्वास्थ्य क्षेत्रमा सरकारले विशेष प्राथमिकताका साथ विकास गर्नुपर्ने देखिन्छ । मैले नै कतिपय अवस्थाहरूमा अनुभव गरेको छु । 

स्वास्थ्य तथा पूर्वाधारको हिसाबमा अस्पताल, अक्सिजन प्लान्ट, आइसोलेसनजस्ता क्षेत्रमा सक्रिय सहभागिता आवश्यक हुनुपर्ने देखिन्छ ।

घरमा बस्दा यस्तैयस्तै सोचहरू आउने रहेछन् । मैले समयसमयमा विभिन्न निकायहरूमा पनि यी सुझाव  राख्ने गरेको छु । 

अहिले आर्थिक वर्ष २०७८/०७९ का लागि नयाँ बजेट आउँदैछ । यस बजेटमा निजी क्षेत्रको पुनरुत्थानका लागि सरकारले विशेष प्याकेज ल्याओस् भन्ने चाहना छ ।

निजी क्षेत्र सरकारको राजस्वको स्रोत हो । रोजगारी सिर्जनाका लागि पनि यसको ठूलो योगदान छ । त्यसकारण कोरोना महामारीले थलिएको व्यवसायलाई पुनः माथि उठाउने गरी नयाँ बजेट बनाउनुपर्छ ।

नयाँ बजेटले कम्तिमा २ वर्षका लागि व्यवसायलाई राहत हुने गरी लैजान सकेमा त्यसपछि त महामारी एक हदसम्म रोकिन्छ कि भन्ने लाग्छ । 

(कुराकानीमा आधारित)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x