अरब सागरबाट आएको ताउते चक्रवातका कारण भारतको मुम्बईमा विनाश मच्चिएको छ ।
मुम्बईमा १३२ वटा रुख लडेका छन् ।
एकजनाको मृत्यु भएको खबर छ ।
चक्रवातका कारण चर्को हावा चलेर अत्यधिक वर्षा भइरहेको छ । अत्यधिक वर्षाका कारण कैयौं ठाउँमा पानी भरिएको छ ।
तटीय क्षेत्रमा रहेका १२ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
अरब सागर चक्रवाती आँधीहरूको केन्द्र बन्न थालेको छ । विगत ४० वर्षमा सागरका तटीय क्षेत्रमा तापक्रम १.२ देखि १.४ डिग्री सेल्सियससम्म बढेको छ ।