
केही दिनयता कोरोना संक्रमितको संख्या घट्ने क्रममा रहेकोमा सोमवार अघिल्ला दिनहरूको तुलनामा धेरै संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२१ हजार ६ सय ५३ पीसीआर र ४३४ एन्टीजेन गरी कुल २२ हजार ८७ नमूना परीक्षण गरिएको थियो ।
जसमा पीसीआरतर्फ ९ हजार १ सय ९८ र एन्टीजेनतर्फ ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मृतकको संख्या पनि अघिल्ला दिनहरूको तुलनामा बढेको छ । यसक्रममा २ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै मृतकको संख्या ५ हजार २ सय १५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।