२९ असार २०८३, सोमबार

एमालेले भोट मागेपछि बादललाई जिताउन सूर्यमा मतदान गर्ने राप्रपाको निर्णय

एमालेले भोट मागेपछि बादललाई जिताउन सूर्यमा मतदान गर्ने राप्रपाको निर्णय

आसन्न राष्ट्रिय सभाको बागमती प्रदेश सदस्यको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई जिताउन सूर्य चिह्नमा मतदान गर्ने निर्णय गरेको छ ।

आफ्ना उम्मेदवारलाई मतदान गर्न अनुरोधसहित एमालेले पत्राचार गरेपछि राप्रपाले सहयोग गर्ने निर्णय भएको राजाराम बर्ताैलाले जानकारी दिए ।

बादल नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका कारण कारवाहीमा परेर पद रिक्त भएको थियो । तर फेरि एमालेबाट बादल नै उम्मेदवार बनेका छन् ।

राप्रपाले निर्वाचनमा बादललाई मतदान गर्न राप्रपाका प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्