१४ असार २०८३, आइतबार

जसपाका पदमुक्त सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

जसपाका पदमुक्त सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

जनता समाजवादी पार्टी (जसपा) ले निष्कासन गरेपछि पदमुक्त भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रदेश सभाले निष्कासनको सूचना टाँस गरेपछि पदमुक्त भएका ४ जना सांसदले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सांसद सन्तोष पाण्डेय सहितले प्रदेशसभा समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सोमवार सुनुवाइ गर्दै सर्वाेच्चले पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सांसदहरू सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेले सर्वाेच्चमा रिट दायर गरेका थिए । सोमवार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सांसदलाई पुनर्बहाली गर्न आदेश दिएको जनाइएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले एकलौटी रूपमा निष्कासनको निर्णय गरेको भन्दै अर्का अध्यक्ष महन्थ ठाकुरले विरोध जनाएका थिए । पार्टी निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उपेन्द्र पक्षले कारवाही गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्