०४ असार २०८३, बिहीबार

महोत्तरीमा सैनिक आवासीय महाविद्यालयको उद्घाटन, फिल्ड अस्पताल पनि सञ्चालनमा

महोत्तरीमा सैनिक आवासीय महाविद्यालयको उद्घाटन, फिल्ड अस्पताल पनि सञ्चालनमा

प्रधान सेनापति पूर्णचन्द्र थापाले महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको उद्घाटन गरेका छन् ।  सोमबार आयोजित एक समारोहका बीच थापाले उद्घाटन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
सो अवसरमा थापाले मध्य पूर्वी पृतना हेडक्र्टरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा ‘बर्दिबास सैनिक शिविर’ भित्र निर्माण भएको २५ शैय्याको फिल्ड अस्पताल तथा सैनिक आवासीय महाविद्यालयको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए । 

नेपाली सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य साथ निर्माण भएको उक्त फिल्ड अस्पतालबाट डेण्टल प्रोसिजर, ओपीडी सर्भिस, वेशिक ल्याब सर्भिस, एक्स रे सेवा, एक्सिडेण्ट तथा ईमर्जेन्सीलगायतका सेवा उपलब्ध हुनेछ । 

त्यसैगरी महाविद्यालयमा जनमैत्री शैक्षिक कार्यक्रम अन्तर्गत प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लाहरुबाट २–२ जनाको दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई समेत पूर्ण छात्रवृत्ति सहित समावेश गरी यसै शैक्षिक सत्रबाट कक्षा ६ संचालन हुने छ भने  प्रत्येक बर्ष क्रमशः कक्षाहरु थप गर्दै लगिनेछ ।  योजना रहेको छ । 

कोरोना कहरलाई ध्यान दिँदै उक्त नवनिर्मित फिल्ड अस्पतालमा बेडको उपलब्धताको आधारमा गैर सैनिक बिरामीहरुलाई समेत सेवा उपलब्ध गराउने योजना रहेको सेनाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्