निषेधाज्ञामा मदिरा बेच्ने ६ पसले पक्राउ

प्रतिकात्मक तस्वीर

निषेधाज्ञाको उल्लंघन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसलेलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने  मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । 


Advertisement

उनीहरूलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रूपमा भीडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रियाकलाप गर्ने २ हजार ६४८ जनालाई हालसम्म पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जनही १०० रुपैयाँका दरले जरिवाना गरिएको छ । 

कमेन्ट गर्नुहोस्