०२ असार २०८३, मंगलबार

श्रमिकलाई राहत वितरण

श्रमिकलाई राहत वितरण

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले निषेधाज्ञाका कारण विचल्लीमा परेका श्रमिकहरुलाई राहत वितरण गरेको छ ।  टुकोनले रिक्सा चालक र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको ४० परिवार लाई एक हप्ता पुग्ने खाद्यान्न वितरण गरेको हो । 
टुकोनले श्रमिकहरुलाई वितरण गरेका रहत सामाग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ र माक्स संलग्न रहेको टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले बताए ।  विपद्को विकराल परिस्थितीमा जोखिम कार्यलाई ध्यान दिंदै रोग र भोक दुवै मानव जीवनका चुनौतीलाई सामना गर्न केही सहयोग पुगोस् भनेर श्रमिकहरुलाई थोरै भएपनि राहत उपलब्ध गराएको जानकारी दिदै टुकोनका अध्यक्ष भण्डारीले लकडाउनको यस्तो विषम परिस्थितीमा दैनिक ज्यालादारीमा आश्रीत श्रमिकहरुको पीडालाई ध्यान दिन सरकारलगायत सम्बन्धित पक्षको ध्यानाकर्ष समेत गराए । 

salt training

कमेन्ट गर्नुहोस्