१९ असार २०८३, शुक्रबार

चीनद्वारा उपल्लो मुस्ताङका बासिन्दालाई निर्माण सामग्री सहयोग

कात्तिक २०, २०७४
चीनद्वारा उपल्लो मुस्ताङका बासिन्दालाई निर्माण सामग्री सहयोग

मुस्ताङ, १८ जेठ– छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई रु सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ ।

चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो ।

चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ । इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीले चीनबाट सय टन सिमेन्ट, ५० टन छड, ६ हजार पिस प्लाइउड, १० हजार पिस ब्याम्बू प्लाइउड, सातहजार पिस उडकिप र ११ हजार पिस जस्तापाता उपलब्ध गराएको जानकारी दिए ।

कोरला नाका हुँदै ल्याइएको उक्त सामग्री चीन सरकारका प्रतिनिधिले दुई गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

उक्त सामग्रीलाई उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयवासीलाई वितरण गरी निर्माण कार्यमा खर्चिने दालोमे गाउँपालिकाका प्रमुख लोप्साङ छोम्फेल विष्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्