०३ असार २०८३, बुधबार

किन महँगियो पेट्रोलको भाउ, निगमले देखायो यस्तो कारण

जेठ ४, २०७८
किन महँगियो पेट्रोलको भाउ, निगमले देखायो यस्तो कारण

कोभिड महामारीमा नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीमा जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ । 

तर, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले भने अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको तर्क गरे । निगमको कारण भन्दापनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको उनको भनाइ छ । 
सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको छ । यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरिकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ । 
मूल्य महँगो भएकाले सरकारले विभिन्न शीर्षकमा लिँदै आएको कर समायोजन हुनुपर्ने सरोकारवालाको जोड रहेको आजको नागरिक दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्