०३ असार २०८३, बुधबार

महिना दिनको समय दिएर परीक्षा, अनलाइनबाटै स्नातकोत्तर भर्ना

जेठ ४, २०७८
महिना दिनको समय दिएर परीक्षा, अनलाइनबाटै स्नातकोत्तर भर्ना

त्रिभुवन विश्वविद्यालयले हाल स्थगित भएका विद्यार्थीको परीक्षा सङ्क्रमण सामान्य भएपछि एक महिनाको समय दिएर गरिने जनाएको छ । 
सङ्क्रमणले कति समय असर गर्छ भन्ने कुरा यकिन गर्न नसकिने भएकाले अवस्था सामान्य भएलगत्तैै परीक्षा लिने र त्यसको तयारी भइरहेको जनाइएको छ । सामाजिक दूरी कायम गरेर परीक्षा लिने विश्वविद्यालयको योजना छ ।

यसैबीच विश्वविद्यालयले स्नातकोत्तर तहमा अनलाइन माध्यमबाट विद्यार्थीको नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ । यस क्रममा विज्ञान तथा शिक्षाशास्त्र सङ्कायले अनलाइनबाटै भर्नाको तयारी सुरु गरिसकेका हुन् । विज्ञान सङ्कायले जेठभरि फाराम भरेर असारमा प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । मानविकी तथा व्यवस्थापनमा परीक्षाफल प्रकाशन हुन बाँकी रहेकाले भर्ना खुल्न सकेको छैन । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्