०३ असार २०८३, बुधबार

किटाणु नासक भाइरोशील्डको मूल्य घट्यो, अब १५ हजार ५९० मात्रै

किटाणु नासक भाइरोशील्डको मूल्य घट्यो, अब १५ हजार ५९० मात्रै

किटाणु नासक उपकरण भाइरोशील्डको मूल्य घटेको छ । 

चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्राोनिक्सले बिक्री गर्दै आइरहेको गोदरेजको भाइरोशील्डको मूल्य अब १५ हजार ५ सय ९० मात्रै कायम गरिएको छ । 

यसअघि यसको मूल्य २१ हजार ७ सय ९० रहेकोमा गोदरेजले छुटसहित १८ हजार ७ सय ९० रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो । 

कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन भाईरोसिल्ड उपयुक्त मानिएको इलेक्ट्रोनिक्सले जनाएको छ ।

२ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ । भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । 

भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन ।

आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ । 

यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्