
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनसम्बन्धी सुझाव मागेका छन् ।
उनले नयाँ ढङ्गबाट पार्टी सञ्चालनको तयारी रहेको जानकारी दिँदै यसका लागि इमेलबाट सुझाव दिन फेसबुकमार्फत आग्रह गरेका हुन् ।
प्रचण्डले नेता तथा कार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीको विषयमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने सोच रहेको बताएको खबर गोरखापत्रमा छापिएको छ ।