०३ असार २०८३, बुधबार

सांसद महेश बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

जेठ ४, २०७८
सांसद महेश बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीमा कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उनले मंगलवार हस्तान्तरण गरेको हो ।

सांसद बस्नेतको पलहमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणलगत्तै सांसद बस्नेत र नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरूपमा एम्बुलेन्स उद्घाटन गर्दै मंगलवारदेखि सञ्चालनमा आएको छ । 

नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद बस्नेतले अहिले महामारीको यो समयमा जनताको सुरक्षा र बिरामीलाई सहज एम्बुलेन्स सेवा पुग्ने विश्वास व्यक्त गरे । 

भक्तपुरका जनताले चौबिसै घण्टा एम्बुलेन्स सेवाका लागि ९८०८५२९३८३ नम्बरमा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्