२१ असार २०८३, आइतबार

राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि शुरू, प्रचारप्रसार नगर्न निर्वाचन आयोगको अनुरोध

राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि शुरू, प्रचारप्रसार नगर्न निर्वाचन आयोगको अनुरोध

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि सोमवार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि शुरू भएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मौन अवधिमा प्रचारप्रसार नगर्न अनुरोध गरेका छन् ।

‘यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबूक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लिखित आचरणहरू पालना गर्न गराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

जेठ ६ गते बिहीवार मतदान हुँदैछ । निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन २०७४, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ र उपनिर्वाचन २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन समेत दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्