काठमाडौं, १८ जेठ – चलचित्र ‘लाल्टिन’ को नयाँ भिडियो गीत सार्वजनिक गरिएको छ । गीतमा प्रियंका कार्की र निर्जन थापालाई फिचरिङ गरिएको छ ।

जेठ २६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाल्टिन’ मा समावेश उक्त गीतको भिडियोमा डान्सबारमा छायांकन गरिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरका हुन् ।
सोमिया बराइली, किरण माइकल र विनोद ढकालको स्वर रहेको उक्त गीतमा विनोद ढकालको संगीत सुन्न सकिन्छ ।
प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।