२६ जेठ २०८३, मंगलबार
कोरोना संकट

कोरोनाबाट एकैदिन २ सय ४६ जनाको मृत्यु, ८ हजार १७३ जनामा संक्रमण पुष्टि

कोरोनाबाट एकैदिन २ सय ४६ जनाको मृत्यु, ८ हजार १७३ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड- १९)बाट २ सय ४६ जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआरतर्फ ८ हजार ६४ र एन्टीजेनतर्फ १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्