३१ जेठ २०८३, आइतबार

चितवनमा थप २० संक्रमितको मृत्यु

जेठ ५, २०७८
चितवनमा थप २० संक्रमितको मृत्यु

चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
    
स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडिकल कलेजमा ५, पुरानो मेडीकल कलेजमा ५ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको हो ।

कोरोनाका कारण जिल्लाका अस्पतालमा मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो ।

कार्यालयका अनुसार केही दिन अघि मात्रै एकैदिन  १८ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण अस्पतालमा मकवानपुर, बारा, पर्सा, रौतहट, तनहुँ, धादिङ, गोरखा, काठमाडौं, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, प्यूठान, नुवाकोट लगायतका जिल्लाबाट उपचारका लागि आउने गर्दछन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार अस्पतालमा ५२१ जनाको उपचार भइरहेको छ, जसमध्ये २६० जनाको सघन उपचार कक्षमा उपचाररत छन् । ५९ जनाको एचएफएनसी, ९६ जनाको एचडीयू र १६५ जनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

चितवनका अस्पतालबाट थप ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्