
अक्सिजनको चरम समस्या भोगिरहेको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि अक्सिजनको समस्या तत्काललाई टर्ने भएको छ ।
अस्पतालमा संघीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६ र विभिन्न दाताले सहयोग गरेका ३ गरी ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
कन्सन्ट्रेटर जडान गरिएपछि कोरोनाका बिरामीको उपचारमा थप सहज हुने सूचना अधिकारी श्रेष्ठले विश्वास व्यक्त गरे ।