०३ असार २०८३, बुधबार

देशभर ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन

जेठ ५, २०७८
देशभर ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिए ।

ती अस्पतालमा संक्रमितले निःशुल्क उपचार पाउने छन् । १ नम्बर प्रदेशमा १, २ नम्बर प्रदेशमा २, बागमती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा २/२ तथा सुदूरपश्चिम प्रदेशमा ६ अस्पताल रहेका छन् ।

ती अस्पतालमा संक्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्