
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सुझाव दिएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।