
कपिलवस्तुमा बुधवार राति नेकपा (माओवादी केन्द्र) नेता माथि गोली प्रहार भएको छ ।
माओवादीका जिल्ला नेता दीपक पाण्डेमाथि बुधवार राति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले लाेकान्तरलाई जानकारी दिए ।
तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि तीनजनाको समूहले गोली प्रहार गरेको थियो ।
कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षिया पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
घटनामा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक हरिशचन्द्र खनालले बताए ।