०३ असार २०८३, बुधबार

यी व्यक्तिले लिए चन्द्रमाको अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर

जेठ ६, २०७८
यी व्यक्तिले लिए चन्द्रमाको अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर

भारतको पुणेमा बस्ने १६ वर्षीय किशोर प्रथमेश जाजूले चन्द्रमाको अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर खिचेर सामाजिक सञ्जालमा राखेका छन् । 

यो उक्त तस्वीर भाइरल भइरहेको छ । 

उनले ५० हजारभन्दा बढी तस्वीर खिचेपछि थ्री डाइमेन्सनल शट तयार पारे । 

उनी सिकारु एस्ट्रोनोमर र एस्ट्रो फोटोग्राफर हुन् । आफूले खिचेको तस्वीरले चन्द्रमाको थर्ड क्वार्टरको सबभन्दा स्पष्ट रूप देखाएको र यसबाट विविध जानकारी पाइने उनी बताउँछन् । 

यसक्रममा उनले लगभग १०० जीबी डेटा उपयोग गरे । फोटो प्रोसेस गर्दा त्यो डेटा बढेर १८६ जीबी पुग्यो । 

भिडियो र फोटो प्रोसेसमा लगभग ४० घन्टा लागेको उनी बताउँछन् । त्यही प्रोसेसिङपछि चन्द्रमाको सबभन्दा स्पष्ट तस्वीर आउन सक्यो ।

तस्वीरहरू कसरी उम्दा खिच्ने र प्रोसेसिङ कसरी गर्ने भन्ने विषयमा उनले अनेकौं लेख पढे र भिडियोहरू पनि हेरे । 

आफूले व्यावसायिक रूपमा एस्ट्रोनोमी पढ्न चाहेको उनी बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्