२२ असार २०८३, सोमबार

ताउतेका कारण अरब सागरमा अझै ४९ जना बेपत्ता, १३३ दिनपछि पनि भेटिएका छन् मान्छे

जेठ ६, २०७८
ताउतेका कारण अरब सागरमा अझै ४९ जना बेपत्ता, १३३ दिनपछि पनि भेटिएका छन् मान्छे

ताउते चक्रवाती तुफानका कारण अरब सागरमा डुबेको बार्ज पी–३०५ जहाजका ४९ कर्मचारी अझै पनि हराइरहेका छन् । 

त्यसमा भएका ७५ मध्ये २६ जनाको मृत्यु भइसकेको छ ।

भारतीय जलसेनाले दिनरात खटेर यी मानिसहरूको खोजतलाश गरिरहेको छ । 

समुद्रमा यसअघि पनि मानिसहरू हराएर निकै पछि भेटिएको इतिहास पाइन्छ । कुल १३३ दिन हराएर समेत मानिस जिउँदै फर्किएको इतिहास छ । 

चीनका पून लिम समुद्रमा हराएर १३३ दिनपछि फर्किएका हुन् । सन् १९४२ को नोभेम्बर महिनादेखि १९४३ को अप्रिलसम्म पून समुद्रमा हराए । उनी बेलायती जहाजका कर्मचारी थिए । दोस्रो विश्वयुद्ध चलिरहेको बेलामा दक्षिण

अफ्रिकाको केपटाउनबाट अमेरिकातिर जाँदै गरेको जहाजमा जर्मनीका नाजीहरूले यू–बोटमार्फत आक्रमण गरे । 

आक्रमण भएलगत्तै पून जहाजबाट समुद्रमा हाम्फाले र दुई घन्टासम्म तैरिरहे । त्यसपछि उनले लाइफ र्‍याफ्ट फेला पारे । त्यसमा अलिकति बिस्कुट, टर्च र ताजा पानी थियो । केही दिनमै त्यो सबै सकियो अनि उनले समुद्रमा माछा मारेर खाए । 

अमेजन नदीमा पुगेपछि उनलाई ब्राजिलका तीनजना माझीले बचाए । 

जिउँदै फर्केर आएपछि उनलाई बेलायतका राजा जर्ज छैटौंले ब्रिटिश एम्पायर मेडलबाट सम्मान गरे । बेलायतको जलसेना रोयल नेभीले उनको कथालाई सर्भाइभल म्यानुअलमा संलग्न गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्