
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेसका नेताहरू सिंहदरबार पुगेका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न माग गर्दै ज्ञापनपत्र बोकेर सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
तत्काल जनतालाई खोप दिनुपर्ने लगायत १५ बुँदे माग समेटिएको पत्र कांग्रेसले प्रधानमन्त्रीलाई बुझाउँदैछ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बुधवार बसेको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।