२३ जेठ २०८३, शनिबार

अब रेम्डेसिभिर नेपालमा उत्पादन हुने

जेठ ६, २०७८
अब रेम्डेसिभिर नेपालमा उत्पादन हुने
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।

औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।

विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेसनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए ।

औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।

यसअघि नेपालमा सो औषधि भारत र बंगलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब ५ हजार रुपैयाँ पर्छ ।

नेसनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए । जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पुर्‍याइने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्