२४ जेठ २०८३, आइतबार

स्पेनबाट १४ करोडको मेडिकल उपकरण लिएर नेपाल पुगिन् राजदूत दावाफुटी शेर्पा

स्पेनबाट १४ करोडको मेडिकल उपकरण लिएर नेपाल पुगिन् राजदूत दावाफुटी शेर्पा

नेपाल सरकारको आग्रहमा स्पेन सरकारले कोभिडविरुद्ध लड्न १४ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 

सहयोगमा १५ रेस्पिराटोर, १० अक्सिजन कन्सन्ट्रेटर र त्यसका लागि चाहिने अन्य पार्टसहरू, १ लाख ४४ हजार माक्स, १ लाख २५ हजार एन्टिजेन लगायत रहेका छन् ।

स्पेन सरकारले ५ टनभन्दा धेरै विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको स्पेनका लागि नेपाली दूतावास म्याड्रिडले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा र स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेज सहितको टोली स्वास्थ्य सामग्री लिएर आइबेरिया एअरलाइन्सको चार्टर विमानमा म्याड्रिडबाट बिहीवार काठमाडौं अवतरण गरेको छ ।

बुधवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अरन्चा गोल्जालेजबीच टेलिफोन वार्ता भएको थियो । टेलिफोन वार्ताका क्रममा ज्ञवालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद दिएका थिए ।

यसअघि युरोपेली युनियनले नेपाललाई २८ करोडको स्वास्थ्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्