
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।
पुनः नियुक्तिपश्चात बिहीवार सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहणपश्चात उपाध्यक्ष कडेलले राष्ट्रिय योजना आयोगमा ११ वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।