०३ असार २०८३, बुधबार

चितवनमा कोरोनाका कारण ९ जनाको मृत्यु

जेठ ६, २०७८
चितवनमा कोरोनाका कारण ९ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण चितवनमा ९ जनाको मृत्यु भएको छ । 

भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा २, क्यान्सर अस्पतालमा ३, पुरानो मेडिकल कलेजमा २, चितवन मेडिकल कलेजमा १ र पुष्पाञ्जली अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ जना चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्