×

NMB BANK
NIC ASIA

वर्षा हुँदा किसानलाई राहत

जेठ ६, २०७८

NTC
Premier Steels

उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच बिहीवार बिहानैदेखि परेको पानीले राहत भएको छ ।

Muktinath Bank

कोभिड–१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई बिहीवारको वर्षाले राहत भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्तरी जिल्लाका सबै भेगमा बिहीवार बिहानैदेखि लगातार मन्द वर्षा भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

गर्मी घटाउनसँगै खेतबारी खनजोत गर्न आजको वर्षाले प्रशस्त चिस्यान भएपछि किसान दंग छन् । अब बर्खे धान र कोदोको बीउ राख्ने र भदैया (भदौरे, भदौमा उत्पादन दिने) तरकारीको बीउ रोप्न अनुकूल भएको किसानको भनाइ छ ।

Vianet communication

पछिल्लो वर्षाले फलपूmल, उखु र प्रचण्ड रापले ओइलिँदै गएका तरकारीका बोट र लहरा लहलहाउने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो खुशी हुँदै बताउँछन् । चिस्यान राम्रो भएपछि अब प्रचण्ड घामले रुखिएको उखुबारीमा नाइट्रोजन मल (युरिया) हाल्न सकिने किसान बताउँछन् ।

‘हामी आकाश ताक्नेका लागि त अमृत वर्षा नै भएको छ,’ जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान चन्देश्वर राय दनुवार भन्छन्, ‘वर्षा नहुँदा घरमा धुमधुमती बसेर निषेधाज्ञा काट्न सकस थियो, अब खेतबारीमा काम गर्न पाइने भइयो ।’

जिल्लामा गत वैशाख २२ गते जारी निषेधाज्ञाको अवधि जेठ १० गतेसम्मलाई बढाइएको छ ।

जिल्लाभरिकै कूल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । जिल्लामा करीब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइका कुलो नहर लाग्ने र करीब त्यत्तिमै वैकल्पिक सिँचाइका प्रबन्ध (इनार पम्पसेट, बोरिङ) जेनतेन पुगेको छ ।

जिल्लाका ८० प्रतिशत जग्गा अझै आकाशे पानीको भरमा रहेका कृषि ज्ञान केन्द्र जलेश्वरका विज्ञ नै बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x