१० साउन २०८३, आइतबार
सर्वोच्च अदालतको आदेशपछि

सांसद नरहेका मन्त्रीलाई काममा रोक लगाउने सर्वोच्चको आदेशपछि एमाले प्रवक्ताको प्रतिक्रिया– 'आदेशको सम्मान गर्छौं'

सांसद नरहेका मन्त्रीलाई काममा रोक लगाउने सर्वोच्चको आदेशपछि एमाले प्रवक्ताको प्रतिक्रिया– 'आदेशको सम्मान गर्छौं'
फाइल फोटो

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सांसद पद नरहेका मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि पत्रकारले सोधेको प्रश्नमा सरकारका मन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले अदालतको निर्णयको सम्मान गर्ने बताएका हुन् । 

‘मैले पनि भर्खरै थाहा पाएँ । अदालतको आदेशका बारेमा हाम्रो सधैँ एउटै प्रतिक्रिया रहन्छ । कतिपय हाम्रा फरक राय हुन सक्छन्, तर अदालतको फैसलाको सम्मान गर्छौं,’ ज्ञवालीले भने । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले बिहीवार नै अन्तरिम आदेश दिँदै सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न रोक लगाएको थियो ।

सर्वोच्चको आदेशपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी लगायत ७ मन्त्रीको पद गुमेको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका उनीहरूले सांसद पद गएपछि नै दोहोर्‍याएर मन्त्री पदको शपथ लिएका थिए । सांसद नै नरहेका मणि थापा र दावा लामाले पनि अब मन्त्रीका रूपमा काम गर्न पाउने छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्