२८ जेठ २०८३, बिहीबार

BREAKING : जसपाको अर्को माग पूरा : आमाको नागरिकताबाट सन्तानलाई वंशजको नागरिकता दिने निर्णय

जेठ ६, २०७८
BREAKING : जसपाको अर्को माग पूरा : आमाको नागरिकताबाट सन्तानलाई वंशजको नागरिकता दिने निर्णय
प्रतिकात्मक तस्वीर

सरकारले आमाको नागरिकता भएका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई वंशज नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।

आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए ।

त्यस्ता कतिपय पीडितले अदालतमा मुद्दा गरेर मात्र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउने गरेका थिए । अन्यथा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिनबाट वञ्चित गर्ने गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्